समाचार

सातबुँदे सहमतिपछि कर्मचारीकाे अान्दाेलन फिर्ता

काठमाडौं–  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि  आन्दोलनरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । 
चार दिनदेखि ठप्प स्थानीय निकाय शुक्रबारदेखि खुल्दैछन् । मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबिच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मत्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिए । चार दिनदेखि स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्नेलगायत माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलनमा थिए ।

६ फागुन २०७३ ।