मनोरंजन

म होइन हामी भन्ने भावनाले काम गरौंः महानायक हमाल

काठमाडौं, पुस । महानायकको उपमा पाएका राजेश हमालले आफू सामाजिक कार्यमा अग्रसर रहेको बताउनुभएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा कामगर्दै आएको घाँसी आर्दश समाज नेपालले थालेको विद्यालय पुनर्निमार्णको काममा सहभागी भई महानायक हमालले यस्तो बताउनुभएको हो ।  महानायक राजेश हमाल अभियान्ताको रुपमा काम गर्दै आउनुभएको छ । घाँसी नेपालले गरेको एक कार्यक्रममा बोल्दै हमालले आफू सामाजिक कार्यमा कहिल्यै पछि नपरेको र यस्ता काममा म नभएर हामीको भावनाले काम गर्नुपर्ने बताउनुभयो । 
यसअघि पनि आफूले विभिन्न सामाजिक काममा सहयोग पु¥याउँदै आएको जानकारी दिँदै हमालले गोरखा जिल्लाको जनकल्याण उच्चमाध्यामिक विद्यालय र तनहुँको राधा उच्च मा.वि. हस्तान्तरण कार्यक्रममा स्वयं उपस्थिति हुने जानकारी दिनुभयो । उक्त विद्यालयको भवन घाँसी नेपालको सहयोगमा पुनर्निर्माण भइरहेका छन् । 
घाँसी नेपालले विभिन्न सामाजिक कार्य सफलरुपमा सम्पन्न गर्दै आएको भए पनि यस अभियानमा महानायक हमाल जोडिएसँगै कामले अझ सार्थकता पाउने घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यस्तै, विद्यालय पुनर्निर्माणको काम तीब्र रुपमा अघि बढिरहेको र सहयोगी हातहरुको साथ पनि पाएको हुँदा अभियानले निश्चित समयमा नै विद्यालय भवनको पुनर्निर्माणको काम पूरा हुने कायक्रम संयोजक शंकुप्रसाद जैसीले जानकारी दिनु भयो ।