मनोरंजन

प्रेमगीत–२ बाट कैलाशको फिल्मी यात्रा

काठमाडौं– नायिका रेखा थापा राप्रपा प्रवेश गरेसंगै राप्रपा नेपालसंग आवद्ध युवक संगठनका अध्यक्ष कैलाश कटुवाल पनि नयाँ चलचित्र प्रेम गीत टु, मा प्रवेश गरेकाछन् । थापाले राप्रपामा हाम फालेसंगै कटुवालले पनि चलचित्रमा हामफालेका हुन् । 
आफ्नो राजनीतिलाई युवक संगठनबाट शुरु गरेका कटुवालले फिल्मको सुरुवात भने प्रेम गीत टु बाट गरेका छन् । फिल्म खेल्नकै लागि कटुवालले आफ्नो शरिरलाई बोल्ड बनाएकाछन् । गत बर्षको प्रेम गीत चलचित्र सफल भएपछि उनी प्रेम गीतकै दोस्रो पटक बन्न लागेको चलचित्र प्रेम गीत टु को मुख्य भूमिकामै रहनेछन् । 
लामो समय अमेरिकामा बसेपछि उनी नेपाल आएका हुन् । नेपालमै बसेर राजनीति, ब्यवसाय र चलचित्रलाईसंगै लैजाने उद्धेश्य बोकेर उनी नेपाल आएका हुन् ।  जीउडाल आकर्षक भएका कटुवाल देशमै बसेर केहि गर्ने सोंचमा छन् । उनले प्रमुख भूमिका पाएको चलचित्र प्रेम गीत टु को छायाँकन पनि सोमबारबाट भएको छ । 
पशुपति मन्दिरमा पूजाआजा गरेर चलचित्रको शुभराम्भ गरिएको हो ।  थाईल्याण्ड, बर्मा र नेपालमा छायाँकन गरीने चलचित्रको निमार्ण २ महिनामा सम्पन्न गरीने छ । आफूले निर्देशन गरेका चलचित्र सफल भए पछि हौसिएका रामशरण पाठकले यो चलचित्र थप स्तरीय हुनेमा विश्वस्त छन् । आशुसेन फिल्मको व्यानरमा निर्माण हुने यो तेस्रो फिल्मको निर्माता सन्तोष सेनले फिल्ममा नयाँ र अनुभवि अनुहार भएकाले सफल हुने बताए ।
फिल्मको मुख्य भूमिकामा प्रदिप खड्का, नायिका अश्लेषा ठकुरी, कैलाश कटुवाल, भुवन चन्द, श्रद्धा प्रशाई, राजाराम पौडेल, कविता रेग्मी, सौरभ क्षेत्रीछन् । चलचित्र भदौमा रिलिज हुने बताईएको छ ।