समाचार

होसियार फेसबुकको नक्कली साथीबाट फस्नुहोला

प्रदिप परियार थापा मगर
फेसबुकलगायत सोसल मिडिया विश्वभरका मान्छेलाई अनलाईनमार्फत जोड्ने सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । तर साथी र आफन्तहरुको सञ्जाल बनाउने यि सोसल मिडियामा चिन्दै नचिनेका मान्छेहरुको नामबाट ‘फ्रेण्ड रिक्वेस्ट’ स्वीकार गर्दा साइबर सेक्स गिरोहको फन्दामा पर्ने सक्ने सम्भावना बढ्दो छ । त्यति मात्र कहाँ हो र, यि सोसल मिडिया प्रयोगकर्ताहरुको कम्प्यूटर बिभिन्न भाइरसद्वारा फाईल ध्वस्त हुने, ब्याङ्किङलगायतका सम्बेदनशील डाटाहरु चोरी हुने र प्रयोगकर्ताहरु अन्ततः ब्ल्याक मेलको फन्दामा परेको उदाहरणहरु प्रकाशमा आई रहेका छन् । डिजिटल ट्रेण्डका अनुसार सन् २०१३ मा फेसबुकको पास्वोर्ड स्वाईपिङ भाईरसले ८ लाख कम्प्यूटर प्रभावित बनेको थियो भने ट्विक टाउनका अनुसार सन् २०१५ को जनवरीमा फेसबुकको ट्रोजान भाईरसले दुई दिनमै एक लाख १० हजार कम्प्यूटर प्रभावित बनाएको उल्लेख गरेको थियो ।
पछिल्लो साईबर स्पामिङमा ‘वेल हेलो’ नामक नक्कली डेटिङ साईटले आफ्नो साईटको प्रसार गर्न बिगत समयदेखि अर्धनग्न सुन्दरीहरुको प्रोफाईल फोटो भएको नक्कली (फेक) फेसबुक एकाउण्टहरुबाट साथी स्वीकार गर्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आउन थालेको छ । तर बुझ्न पर्ने कुरा के छ भने जो जसको फोटो प्रयोग गरिएका यि सुन्दरीहरुलाई आफ्नो फोटो उनीहरुको जानकारी र अनुमति बिना नै यि फोटोहरु राखिएका हुन सक्छन् । कुनै फोटोहरु तपार्इं हाम्रै दिदीबहिनीको पनि हुन सक्छन् । यि फोटोहरुको क्याप्सनमा अश्लिल र यौनजन्य प्रोनोग्राफिक साईटमा जाने छ भेसी लिङ्क दिईएको हुन्छ । यो पङ्तिकारको फेसबुक एकाउण्टमा आएको एक ‘फ्रेण्ड रिक्वेस्ट’ मा ‘भेट एन बाजिन’ (Yvette Ann Bazin) नाम गरेकी युवतीको प्रोफाइल फोटोमा भिक्टोरिया सिक्रेटकि विश्व प्रसिद्ध मोडेल क्यान्डाईस स्वानिपूलको ब्रा मात्र लगाएको अर्ध कटको फोटो प्रकाशित गरिएपछि जो कोही युवतीको बिशेष गरी अर्ध नग्न फोटोहरु फेसबुकहरुबाटै निकालेर यि नक्कली फेसबुक एकाउण्टहरुमा राखिएको हुन सक्ने प्रमाणित भएको छ । फोब्र्स पत्रिकाको अनुसार विश्वकै धेरै पैसा कमाउने सुपर मोडेलहरुको ८औं स्थानमा दर्ज भएकी क्याडाईसले मोडेलिङ पेशाबाट सन् २०१६ मा ७० लाख अमेरिकी डलर आर्जन गरेको जनाएको छ । गत अक्टोबर महिनामा छोरो जन्माएर आमा बनेकी क्यान्डाईसले यौनजन्य प्रोनोग्राफिक साइट वेलहेलोको लागि नक्काली फेसबुक एकाउण्ट खोलिन् होला त ? यो सत्य होइन ।
उक्त फेसबुक प्रोफाईलमा क्यान्डाईसकै अन्य ३ वटा फोटो राख्दै क्याप्सनमा भनिएको छः < 3:_ :_ What are you looking for is probably me, I am open to anything and I like men who know how to make a women happy on the bed< click here: *=> http://goo=gl/2lcQ6zæ यो लिन्कमा क्लिक गर्ने हो भने बिभिन्न फर्वार्डिङ युआरएलहरु हुँदै वेल हेलोको साईटमा पुगिन्छ ।
यो पंक्तिकारलाई आएको १८ ‘फ्रेण्ड रिक्वेस्ट’ हरु सबैमा उल्लेख गरिएको वेब लिङ्कहरुले त्यही वेल हेलो नामक नक्कली डेटिङ वेभसाईटमा पु¥याउँछ । वेल हेलोमा पुगेपछि सदस्य बन्नु निःशुल्क मिले पनि आफ्नो क्रेडिट कार्ड नभरी उक्त साईटको कुनै सुबिधा लिन रोक लगाईन्छ । डेटिङ कप साईटले वेल हेलोबारे भण्डाफोर गर्दै वेल हेलोले कसरी उक्त डेटिङ साईट भित्र नक्कली ‘लभ होस्टेज’ महिलाहरुको प्रोफाईल राखेर पुरुषहरुलाई ठगेको छ भनेर सबिस्तार चर्चा गरेको छ ।
हेर्नुहोस् केही नक्कली फेसबुक एकाउण्टहरु जसमा दिईएको यौनजन्य क्याप्सन र लिङ्कहरु जसले वेल हेलोको नक्कली ठगी डेटिङ साईटमा पु¥याउँछः 
फेसबुक फोटो स्टाटसमा सुन्दरी Neira Zia Kaljanac n]V5– …I am single and IÚm in the peak you want to feel s33xxs with men who can satisfy me, without pay because I am not whore, click here===Ú
अर्की सुन्दरी …reja Julie Gregersen n]V5]M  …:_ :* do u want to see my wet p****, ass and titsÛ i will help u cum like never beforeÛ<<< click here>>>
फेसबुकले यस्ता खाले नक्कली र यौनजन्य एकाउण्टहरुलाई बेला बेलामा हटाउने बताएको छ । फेसबुकको आफ्नो हेल्प पेजमा प्रयोगकर्ताहरुको बिभिन्न सुरक्षाको उपायहरुका साथै आफू साईभर सेक्समा फँसेको भए, साईबर बुलिईङ या ब्ल्याक मेलमा परेको भए यो लिङ्कमा गएर रिपोर्ट गर्न सकिने जनाएको छ ः
https://www=facebook=com/help/contact/567360146613371
फेसबुकलगायत अन्य सोसल मिडिया सही रुपमा प्रयोग गर्न जाने बरदान हुन सक्दछ । आफ्नो पुरानो साथी र आफूदेखि टाढा रहेको परिवारसँग मिलन गराउँदछ । तर दुरुपयोग गरे आफू फँस्ने र आफ्नो साथी भाइ, परिवारको अगाडि आफू सर्बनाक हुन पनि कति समय लाग्दैन । कुनै अपरिचित सुन्दरीको फोटो प्रोफाईल बनाएर कसैले साथी बन्न ‘फ्रेण्ड रिक्वेस्ट’ अनुरोध पठाएको छ भने एक पटक सोच्नुहोस् तपाई किन त्योसँग साथी बन्न चाहनु हुन्छ ? फेसबुकको नक्कली साथीबाट फस्नुहोला, होसियार !

अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम’ का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।