समाचार

अल्ट्रालाइट दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु

कास्की– कास्कीको चापाकोटमा अल्ट्रालाइट दुर्घटनामा हुँदा एक रसियन नागरिकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।  तीन जना अट्ने एभिया क्लबको एनएएलसी कल साइन भएको अल्ट्रालाइट दुर्घटनामा पाइलट रसियन नागरिक अलेक्जेन्डर म्यासीमभको मृत्यु भएको हो। उनको उपचारका क्रममा गण्डकी मेडीकल कलेजको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा क्यानेडियन नागरिक जिलेन मेरी भोल्कर घाइते भएकी छिन्। पेटमा चोट लागेकी उनको सोही अस्पतालमा उपचार भइरहेको छ। फेवातालको शिरान चापाकोट–६ रनवेबाट उडे लगत्तै २ सय मिटर पर खसेको प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए। दुर्घटनामा मृत्यु भएका अलेक्जेन्डर अनुभवी पाइलट मानिन्थे। एभिया क्लबले चापाकोटमा रन–वे मैदान निर्माण गरेको छ। हेन्ड ग्लाइडिङलाई उड्ने क्रममा डोरी चुँडिएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।