काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५९ जना प्रहरी उपरीक्षक को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्लामा अवसर नपाएकालाई अवसर दिएर र एक वर्षे कार्यकाल पूरा भएका एसपीलाई सरुवा गरिएको हो । सरुवा भएपछि महानगरीय प्रहरी अपराध महाशाखामा विष्णु केसी आउनुभएको छन् ।
महाशाखाका एसपी सहकुल थापालाई काभ्रे पठाइएको छ । वीरगञ्जमा एसपी गोविन्द साहलाई पठाइएको छ । त्यस्तै सिआइबीमा प्रवक्ताको जिम्मेवारी सम्हालेका एसपी दिवेश लोहनीलाई सप्तरी पठाइएको छ । वसन्त लामालाई मकवानपुर, दीपक थापालाई चितवन, रविन्द्र धानुकलाई रुपन्देही, किरण रानालाई भक्तपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै रौतहटमा यज्ञ विनोद पोख्रेल, सिरहामा शेखर कोइराला र धनुषामा लालमणि आचार्यलाई पठाइएको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाको डीसी मट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली दूतावासको कार्यालयमा राजदूत प्रा. श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अन्तरक्रिया गरेको छ । सो अन्तरक्रियामा राजदूत प्रा. खत्रीले दूतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताउनुभयो ।
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन् ।
न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरु संलग्न रहेको यो संस्थामा ७४ वटा व्यवसायिक कम्पनी आवद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले सातौं विश्व नेवाः दिवस विशेष कार्यक्रम गरी मनाएको छ ।
गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली महावाणिज्य दुतावासकी उपवाणिज्य दुत संगिता न्यौपाने, न्यूयोर्कका लागि पर्यटन प्रबर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष तोरण गुरुंग, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष हृदय तुलाधर, नेवाः गुठीका संस्थापक एवं सल्लाहकार विके नेवाः र गुठीका संस्थापक अध्यक्ष, सल्लाहकार एवं विश्व नेवाः अर्गनाईजेशनका सल्लाहकार आदित्य महर्जनले विश्व नेवाः दिवसको उपलक्षमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
न्यूयोर्क । अमेरिका भ्रमणमा रहनुभएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई नेवाः गुठी न्यूयोर्कले स्वागत गरेको छ ।
न्यूयोर्कमा आयोजना गरिएको कार्यक्रममा गुठीले मेयर महर्जनलाई स्वागत तथा सम्मान गरेको हो ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ ।
टेक्सासको अस्टिनमा भएको नेजाको बैठकले आगामी मे २५ र २६ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ । साधारण सभाका लागि नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतलाई संयोजक चयन गरिएको महासचिव बाबुराम दाहालले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
अमेरिकी व्यवसायी एवं लगानीकर्तालाई नेपालमा हुन लागेको तेश्रो लगानी सम्मेलनमा सहभागि हुन नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले आव्हान गरेको छ ।
न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा हिजो आयोजना गरिएको “नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू“ विषयक गोलमेच छलफलमा कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले यस्तो आग्रह गर्नु भएको हो ।
Comments