समाचार

पुनर्संरचना आयोगले मंसिर मध्यसम्ममा प्रतिवेदन बुझाउने

काठमाडौं–  स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई मंसिर मध्यसम्ममा प्रतिवेदन बुझाउने भएको छ । कात्तिक मसान्तसम्ममा ६० जिल्लाले प्रतिवेदन बुझाइ सकेको छ ।  आयोगका एक सदस्यका अनुसार तीन जिल्ला धनकुटा, सल्यान र रुकुमले आयोगले तोकेको अधिकतम सीमाभन्दा बढी स्थानीय तह सिफारिस गरेका छन् । अन्य जिल्लाहरुले पनि आयोगले जनसंख्या लगायतका तोकेको मापदण्ड पूर्ण पालना नगरेको पाइएको छ । सरकारले तत्कालीन जिल्ला विकासका इलाकालाई समेत मापदण्ड मानेर कात्तिक मसान्तभित्र स्थानीय तह पुनर्संरचना गर्न आग्रह गरेको थियो । आयोगका अध्यक्ष बालानन्द पौडेलले सरकारलाई मंसिर दोस्रो साताभित्र प्रतिवेदन बुझाउने गरी काम गरिरहेको बताए ।
यता मधेस केन्द्रीय दलहरुले अवरोध गरेपछि तराई मधेसका ८ जिल्लामा भने समस्या देखिएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा सर्बदलीय बैठकहरु समेत हुन सकेको छैन । प्राविधिक समितिले गाविस महासंघ, जिविस महासंघ, नगरपालिका लगायतसँग छलफल गरेको छ ।

१ मंसिर २०७३ ।