समाचार

अाज चन्द्रमालार्इ सबैभन्दा नजिकबाट हेर्न सकिने

काठमाडौं- चन्द्रमा सोमबार पृथ्वीको नजिक आउँदैछ । चन्द्रमा पछिल्लो ६८ वर्षमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने छ । 
त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मटिर पर हुनेछ । सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । सोमबार चन्द्रमा नियमित पूर्णिमामा भन्दा १४ प्रतिशत ठूलो देखिने छ । यस्तै चन्द्रमा अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो हुनेछ । यसपछि सन् २०३४ को नोभेम्बर २५ मा मात्रै यस्तो चन्द्रमा देख्न पाइने २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । 
चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ । चन्द्रमा जव पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसैलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुग्ने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ । चन्द्रमा पेरिग्रीभन्दा १४ प्रतिशत बढीले पृथ्वीको नजिक रहन्छ । यसै कारणले सुपरमुनको बेलामा चन्द्रमा सामान्यभन्दा १४ प्रतिशतले ठूलो र ३० प्रतिशतले उज्यालो रहन्छ ।
२९ कार्तिक २०७३ ।