समाचार

सिंगापुरबाट राष्ट्र बैंकले १ करोड डलर ल्याउँदै

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सिंगापुरबाट सोमबार एक करोड अमेरिकी डलर (करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ) नेपाल ल्याउने भएको छ ।  बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएपछि राष्ट्र बैंकले डलर खरिद प्रक्रिया अघि बढाएको हो । ‘राष्ट्र बैंकले सिंगापुरको सीआइएमबी बैंकबाट फ्रेस अमेरिकी डलर खरिद गरेको छ । उक्त डलर सोमबार नेपाल ल्याउन लागेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
२९ कार्तिक २०७३ ।