समाचार

रंगशालामा संसारकै सबैभन्दा ठूलो थाङ्का प्रदर्शन

काठमाडौं– रंगशालामा संसारकै सबैभन्दा ठूलो थाङ्का प्रदर्शनी सुरु भएको छ। शुक्रबार र शनिबार चल्ने सो प्रदर्शनीमा रहेको थाङ्काको लम्बाइ ७० मिटर र चौडाइ ५० मिटर छ। सूर्यबहादुर थकाली र जापानी कलाकार यासुतादा मिलेर निर्माण गरिएको थाङ्कालाई नेपाल, जापान, दक्षिण कोरिया, अमेरिकालगायत १६ देशका करिब १० हजार कलाकारले बुनेका हुन्। थकालीका अनुसार, बुद्धको सन्देश प्रवाह गर्ने उद्देश्य राखी थाङ्का निर्माण गरिएको हो।

२६ कार्तिक २०७३ ।