समाचार

अमेरिकाको ४५ औं राष्ट्रपति बने ट्रम्प

काठमाडौं– रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड  ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बन्न सफल भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्राटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पछि पार्दै विजय भएका हुन्। 
ट्रम्पले कुल ५ करोड, ७० लाख, ४० हजार, ३० भोट ल्याएका छन् भने, क्लिन्टनले कूल ५ करोड, ६० लाख, ६० हजार, ३ सय ३४ भोट ल्याएकी छिन्। विजयका लागि कुल २७० मत आवश्यक पर्नेमा ट्रम्पले २७६ मत ल्याएका छन्। त्यस्तै प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले २१८ मात्रै मत ल्याएकी छिन्। धेरैले हिलारी क्लिन्टननै अमेरिकाको ४५ औं राष्ट्रपति बन्ने अनुमान गरेका थिए। अनुमान विपरित व्यवसायिक पृष्ठभूमिका ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन्।
ट्रम्पले टेक्सास, फ्लोरिडा, ओहायो, जर्जियालगायतका मुख्य स्थानबाट मत प्राप्त गरेका थिए भने, क्लिन्टनले क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, वासिङटनलगायतका स्थानबाट विजय प्राप्त गरेकी थिइन्।