समाचार

अमेरिकी राष्ट्रपति काे बन्ला ? मत गणना जारी

 प्रारम्भिक नतिजामा ट्रम्प अगाडि
न्यूयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम शुरु भएको छ । प्रारम्भीक मत परिणाममा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।  समाचार तयार पार्दासम्म डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको पक्षमा १०४ इलेक्टोरल भोट प्राप्त भएको छ । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा १३७ इलेक्टोरल भोट प्राप्त भएको छ । भर्मन्ट, मासाचुसेट्स, रोड आइल्याण्ड, न्युजर्सी, मेरील्याण्ड, वाशिङ्टन डिसी, डेलावयर, इलेनइ, न्युयोर्क लगायत केही राज्यमा क्लिन्टन विजयी । इण्डीयाना, केन्टकी, वेष्ट भर्जिनिया, टेन्नीसी, अलाबामा, ओक्लाहोमा, कान्सास, वियोमिङ, टेक्सस, नेब्रास्का, साउथ डाकोटा, नर्थ डाकोटा, साउथ क्यारोलिना, मिसिसिपी लगायत केही राज्यमा ट्रम्प विजयी । राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । विभिन्न राज्यको मतपरिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ ।