समाचार

नेपाली लोक्तबाट जापानमा रुपैयाँ र छाला बनाइँदै

पाँचथर– पाँचथरका गाँउ–गाँउमा खेर गईरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन माग भएपछि कृषकहरु खुशी भएका छन् । ९० रुपैया प्रति केजिमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढि मुल्यमा बिक्री हुनथालेपछी कृषकहरुमा खुसी छाएको हो । 

लोक्तको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानीज प्रबिधिमा अर्गेलीको कच्चा पदार्थ बनाउन थालिएको छ । परम्परागत प्रबिधिमा अर्गेलीबाट काँचो कागज बनाइदै आएपनि पछिल्लो समय जापानीज नोट र छाला बनाउन जापानबाट अर्गेलीको माग आएपछि किसानहरु गाँउघरमै जापानीज प्रबिधिबाट अर्गेलीको कच्चा पदार्थ बनाउन जुटेका हुन् । 

नोट र छाला बनाउन जापानमा नेपाली अर्गेली माग बढेकाले निर्यात सुरु भएको व्यवसायीको भनाइ छ । जिल्लाका १८ गाविसमा अर्गेली उत्पादन हुन्छ । ति सबै स्थानमा जापानीज प्रबिधिमा अर्गेलीको कच्चा पदार्थ बनाउन सिकाउने काम समेत भैरहेको छ । अर्गेलीको माग र उच्च मुल्य पाउने भएकोले अलैचि पछिको राम्रो आम्दानीको स्रोत हुने स्थानीयको भनाइ छ ।

कागज बनाउनको लागी जिल्लाबाट एकसय क्युटेल अर्गेलीको कच्चा पदार्थ निकासी हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । यसबर्ष जापानमा सात मेट्रिक टन अर्गेली निकासी हुने भएको छ । नब्बे रुपैयाँ प्रतिकेजि बिक्री भैरहेको अर्गेली जापानले चारसय रुपैयँमा खरीद गर्नेछ । 

२३ कार्तिक २०७३ ।