काठमाडौं– विनासकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि नेपाली सेनाले सरकारलाई छ करोड सत्र लाख तेह्र हजार रुपैयाँ हस्तान्तरण गरेको छ। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सो रकम बराबरको चेक ‘धरहरा पुर्ननिर्माण कोष’का लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
रकम बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गरेका छन्। प्रधानमन्त्री दाहालले धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको जानकारी दिए। प्रधानमन्त्रीले भने, ‘हामी पूनर्निर्माणको चरणमा छौं। राज्यका सबै अंग मिलेर पूनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ। त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ। सरकार पनि धरहरा निर्माणको विकल्पबारे गृहकार्य गरिरहेको छ।’
यसअघि धरहरा राष्ट्रिय महत्वको सम्पदा भएकाले सरकार आफैले पुर्ननिर्माण गर्ने बताइको थियो।
Comments