काठमाडौं– भारतले नेपाललाई १७ वटा दमकल सहयोग गरेको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको एक कार्यक्रममा भारतीय राजदूत रणजीत रायले मन्त्री हितराज पाण्डेलाई दमकलको साँचो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा मन्त्री पाण्डेले काठमाडौं महानगरपालिकालाई एउटा दमकल हस्तान्तरण गरे । प्राप्त दमकल मापदण्ड निर्धारण गरी विभिन्न नगरपालिकालाई वितरण गरिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जनाए ।
हाल देशभर रहेका २ सय १७ नगरपालिका मध्ये ७१ वटा नगरपालिकामा दमकल छन् ।
Comments