काठमाडौं- काठमाडौंको शंखमुलमा रहेको फर्निचर पसलमा लागेको आगो १ घण्टा पछि नियन्त्रणमा आएको छ । बुधबार बिहान करिब ९ बजेर ३५ मिनेटमा ललितपुर च्यासलका विनोद श्रेष्ठको घरमा रहेको महम्मद सैवाज अलिले संचालन गरेको फर्निचर पसलमा भीषण आगलागी भएको हो । आगलागीबाट लाखौंको क्षति भएको छ ।
नेपाली सेना र सशस्त्र ६ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रण गरिएको हो। आगलागी नियन्त्रणका लागि प्रहरी, सेना र सशस्त्रलगायत स्थानीयवासीले पनि आगो नियन्त्रणका लागि सहयोग गरेका थिए।
आगोलागी नियन्त्रणका क्रममा १ सशस्त्र प्रहरी र १ सर्वसाधारण घाइते भएका छन्। आगलागीको कारण पत्ता लागिसकेको छैन। तर वाल्डिङका क्रममा आगोको झिल्का सोफामा परेर आगो सल्किएको बताइएको छ ।
भिडियो यस्तो छ हेर्नोस्...
Comments