समाचार

उपप्रधानमन्त्री निधिले भने सम्बन्ध सुधारेर आएँ

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणबाट स्वदेश फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूत बनेर भारत गएका निधि मंगलबार स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणमा भएको विषयमा जानकारी दिँदै सम्बन्ध सुधारेर आएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री दाहालको भारत भ्रमण टुंगो, राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण सुनिश्चित भएको बताए ।
उनले आफ्नो भ्रमणलाई भारतीय पक्षले उच्च महत्व दिएर नयाँ सरकारलाई सम्मान गरेको बताए । नेपाल–भारत सम्वन्धमा बीचमा तिक्तता देखिएको भएपनि अब सम्वन्ध पुनः सुधार भएको उनले दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले भदौ ३० देखि तीनदिने भारत भ्रमण गर्ने तय भएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।