न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाले सांस्कृतिक कार्यक्रमसहित विभिन्न श्रष्टाहरुलाई सम्मान गरी डम्फु साँभ–२०१६ भव्यरुपमा मनाएको छ । नेपाली मौलिक बाजाहरु डम्फु, टुङ्ना र मादलको तालमा विविध सांस्कृतिक प्रस्तुतिहरुसहित कार्यक्रम मनाइएको हो ।
समाजले हरेक दुई–दुई वर्षमा डम्फू साँझको आयोजना गर्दै आएकोमा यो वर्ष अगष्ट १२ मा भव्य कार्यक्रमको आयोजना ग¥यो । समाजका अध्यक्ष सूर्य तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कन्सुलेटका महावाणिज्यदूत पुष्प भट्टराई, वाणिज्यदूत कृषु क्षेत्री, उपवाणिज्यदूत प्रविण भट्टराईलगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चलचित्रकर्मी अमृत लामाका साथै बसन्त डान्स सेन्टर र झन्कार डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । अमृत लामा र छिरिङ डिक्कीको नाचबाट सांस्कृतिक कार्यक्रमको शुरुवात गरिएको थियो । त्यसलगत्तै ‘डम्फूको तालमा...’ बोलको गीतमा ६ जना कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । उक्त गीतमा अनिता गुरुङ, रविना लामा, छोटेन लामा, ममता राई, यान्जी लामा र युव्रानी लामाले नृत्य प्रस्तुत गरे । यो गीतमा कलाकारले नृत्य पस्किँदा दर्शक दीर्घबाट गडगडाहट ताली गुन्जिएको थियो ।
त्यस्तै, ‘सपना...’ बोलको गीतमा कलाकार द्वय गणेश ग्लेन र छिरिङ डिकीले आकर्षक नृत्य प्रस्तुत गरे भने अर्को चर्चित गीत ‘शीरैमा शिरबन्दी...’मा पनि ६ जना कलाकारले नृत्य प्रस्तुत गरेका थिए । उक्त गीतमा आशिष रुम्बा, तेञ्जिङ शेर्पा, सन्दीप थापामगर, रेहा तामाङ, रिन्चेन योञ्जन र आशिष्मा रुम्बाले आफ्नो प्रस्तुति दर्शकमाझ पस्किएका थिए ।
त्यस्तै, ‘पिरतीको डोरी बानौं जस्तौ लाग्छ...’ बोलको गीतमा रविना लामा, युव्रानी राना, गणेश ग्लेन, पवन योञ्जनले नृत्य पस्केका थिए भने ‘सुनै सुनको सुनचरी...’ बोलको गीतमाा दुई जना कलाकार सिल्पा लामा र सुनिता तामाङनीले आकर्षक नृत्य पस्केका थिए । अर्को चर्चित गीत ‘ओए झुमा, ओए झुमा...’ बोलको गीतमाा सामुहिक नृत्य प्रदर्शन गरिएको थियो । उक्त गीतमा कलाकारहरु सुखराम गोले, प्रज्वल गुरुङ, कर्साङ लामा, धर्मवीर लामा, पासाङ ह्याल्मो र संगीता तामाङले आफ्नो प्रस्तुति पस्केका थिए ।
कार्यक्रममा तामाङ समुदायको आकर्षक नृत्य धर्मवीर नाच पनि प्रस्तुत गरिएको थियो । उक्त नाचमा कलाकारद्वय युव्रानी लामा र सुखराम गोलेको प्रस्तुति रहेको थियो । कार्यक्रममा सृजना लामा, सन्जोग योन्जन र निमा रुम्बाले गीत प्रस्तुत गरेका थिए । उनीहरुले गाएको गीतमा दर्शकले ‘वान्स मोर’ भन्दा कार्यक्रमस्थल गुञ्जयमान बनेको थियो ।
सोसाइटीका महासचिव पवन योञ्जन तामाङद्वारा सञ्चालन गरिएको कार्यक्रममा निमा लामाले साथ दिएकी थिइन् । कार्यक्रममा उपाध्यक्ष लालमोन तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सांगीतिक पाटोका अलावा तामाङ सोसाइटी अफ अमेरिकालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने एक दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरुमा सोसाइटीले पूर्व अध्यक्ष राम तामाङलाई प्रेसिडेन्स अवार्ड प्रदान गरिएको थियो भने निमा रुम्बालाई तामाङ सोसाइटी अफ अमेरिकाको मानार्थ सम्मान प्रदान गरियो ।
त्यस्तै, उल्लेखनीय योगदान पु¥याए वापत सन्तोष लामा, अमृत लामा, सन्जोक योन्जन, टासी शेर्पा, लगन गुरुङ, विकाश राई, गणेश ग्लेन, रविना लामा, सुखराम गोले, धर्मवीर लामा, विजय नकर्मीलगायतलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुले सम्मान ग्रहण गर्दै समाजका लागि आगामी दिनमा आफ्नो सहयोग सर्वदा रहिरहने बचन दिएका थिए । उनीहरुले यस्ता सामाजिक कार्यक्रमले मित्रवत् व्यवहार स्थापित हुनुका साथै नेपाली कला संस्कृतिको जगेर्नामा टेवा पुग्ने धारणा राखेका थिए । ससाइटीले विदेशमा रहेका नेपालीहरुबीच आत्मीयता बढाउन तथा मौलिक परम्परालाई जीवन्तता दिने उद्देश्यअनुरुप यस्ता सांगीतिक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
तस्विरः अशोक पन्त ।
Comments