काठमाडौं– नेकपा एमालेसँगको गठबन्धन तोडेर नेपाली कांग्रेस र मधेसी मोर्चाको समर्थनमा प्रधानमन्त्री बन्नुभएका माओवादी अध्यक्ष प्रचण्डलाई छिमेकी मित्रराष्ट्र भारतले उच्च महत्व दिने भएको छ । भारतसँग बारम्बार निहुँ खोजिरहने सरकार ढालेर प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई हरतरहले सहयोग पुर्याउन भारत तत्पर भएको छ ।
नेपालमा केपी ओली नेतृत्वको सरकार विस्थापित भएपछि नेपालसँगको सम्बन्धलाई उचाईमा पुर्याउन र मित्रवत् बनाउन कुनै कसर बाँकी नराख्ने चासोमा भारत रहेको पाइएको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीमा स्वागत गर्न पनि भारत हतारिएको छ । नयाँदिल्लीस्थित एक सुत्रले जनाएअनुसार प्रधानमन्त्री प्रचण्डलाई भदौ ३० गते बिहीबार इन्द्रजात्राको दिन दिल्लीमा भव्य स्वागत गरिने भएको छ ।
उहाँ भदौ ३० गते नै काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । नयाँदिल्लीमा प्रचण्डको स्वागत अत्यन्तै भव्य रुपमा गर्ने योजना भारतले बनाएको बुझिएको छ । यस्तो स्वागत नेपालबाट भारतको भ्रमणमा यसअघि गएका कुनै पनि प्रधानमन्त्रीको भन्दा भव्य हुने सुत्रहरुले जनाएका छन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
२ भदौ, २०७३ ।
Comments