चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । सोमबार चीन भ्रमणमा निस्किएका उपप्रधानमन्त्री महराले बुधबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेका छन् । भेटमा खछ्याङले राष्ट्रपति सी जिनपिङ र आफूलाई नेपाल भ्रमणको निम्तो दिएकामा धन्यवाद दिए ।
यसबारे आवश्यक संयोजनका लागि दुई देशका परराष्ट्र मन्त्रालय नियमित सम्पर्कमा रहने उनले बताए । भेटमा उपप्रधानमन्त्री महराले नेपालको आर्थिक सामाजिक विकासमा चीनले गरेको सहयोगको प्रशंसा गरेका छन् ।
जवाफमा चिनियाँ प्रधानमन्त्रीले नेपाल र चीनबीच व्यावहारिक सम्वन्ध रहेको भन्दै नेपालसँग सम्भव भएसम्म सहकार्य गर्न तयार रहेको बताएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि महराले चिनियाँ विदेश विभाग प्रमुखसँग मंगलबार भेटवार्ता गरेका थिए ।
महरा प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा चीन गएका हुन् । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उपप्रधान तथा अर्थमन्त्री विमलेन्द्र निधिले भारत भ्रमण गर्ने भएका छन् ।
Comments