काठमाडौं, साउन । सर्वोच्च अदालतले प्रचण्ड नेतृत्वको सरकारले गरेको राजनीतिक पृष्ठभूमिका राजदूत नियुक्ति फिर्ता निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा राजदूतमा सिफारिस गरेका १४ जनाको नाम फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजालसले सरकारका नाममा अघिल्लो सरकारले सिफारिस गरेको राजदूको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख ७ गते बसेको ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो।
तीमध्ये ८ जना परराष्ट्र सेवा र १४ जना राजनीतिक पुष्ठभूमिका थिए। ओली सरकार ढलेर प्रचण्ड नेतृत्वको सरकार बनेपछि राजनीतिक पृष्ठभूमि भएकाहरुको सिफारिस रद्ध गरेको थियो ।
प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पृष्ठभूमि भएकाको नाम फिर्ता लिएपछि एमाले पृष्ठभूमि भइ राजनीतिक सिफारिसमा परेकाहरु सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतको सरणमा पुगेका थिए ।
Comments