काठमाडौं– नेपाली कांग्रेसको कार्यालय सानेपामा महाधिबेशनमा जुटेका विद्यार्थी र प्रहरीबिच झडप भएको छ । शनिबार राती सार्वजनिक भएको ३७ सय ६० प्रतिनिधिको नाममा झण्डै ३ सय नाम फर्जी परेको विद्यार्थी समूहले पार्टी कार्यालयमा गरेको प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरीले हस्तक्षेप गरेको थियो, त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् ।
शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै आचार्य समूहले यथास्थितिमा निर्वाचन हुन नसक्ने ताएको छ । संघको निर्वाचन गर्न नेपाली कांग्रेसले नेता प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशक समितिले ३७ सय ६० जना प्रतिनिधिको नाम सार्वजनिक गरेको थियो ।
आचार्यले ६४ जिल्लाको सूची पूर्ववत अवस्थामा नै राखेर निर्वाचन प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वसँग माग गरेका थिए । समितिले आइतबार बिहान ९ बजेदेखि मतदाता परिचयपत्र लगायत सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनबट वितरण गर्ने तयारी गरेको थियो । समितिले निर्वाचन तालिका सार्वजनिक गरे पनि त्यो तालिका अनुसार काम हुन सकेको छैन ।
नेपाल विद्यार्थी संघको ९ वर्ष पछि हुन लागको महाधिवेशनको गत साउन २३ गते उद्घाटन भए पनि अझै अन्योल नै छ । महाधिवेशन सफल बनाउन बन्दसत्र विना प्रतिनिधिको नामावली प्रकाशन गरिए महाधिवेशन प्रतिनिधिको विवाद चुलिएकै छ । आइतबार परिचयपत्र वितरण सुरु भएपछि प्रतिनिधिको नामावलीमा नै विमती राखेर विद्यार्थीहरुले आन्दोलन चर्काएका छन् ।
Comments