राजनीति

प्रधानमन्त्रीको विशेष दूत बन्दै दुई मन्त्री दुई तिर

काठमाडौं– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष दूतका रुपमा दुई मन्त्रीलाई छिमेकी मुलक भारत र चीन पठाउने निर्णय गरको छ ।  भारतमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई र चीनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई पठाउने निर्णय गरेको हो । बैठकले  दुई छिमेकी देशबीच नेपालको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दूतको रुपमा पठाउने निर्णय गरे पनि मित भने तोकेको छैन । 
यसैबीच, महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले मिसावट, कालोबजारी र कृतिम अभाव रोक्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्यस्तै बैठकले कानुनी व्यवस्थामा थप कडाई गर्न ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।