न्युयोर्क

यसरी मनाइयो न्यूयोर्कमा बुद्ध जयन्ति (फोटोफिचर)

न्यूयोर्क । मानिसहरु जो जहाँ जतिसुकै टाढा भए पनि आफ्नो कला–संस्कृति,  धर्म र मौलिकतालाई भूल्न सक्दैनन् । आफ्नो मौलिक परम्परालाई जिवन्तता दिन उनीहरु व्यस्त जीवनका वावजुद् पनि लागि परेकै हुन्छन् । हो, यस्तै देखियो अमेरिकाको न्यूयोर्कमा भएको बुद्ध जयन्ति विशेष कार्यक्रमको माहोल ।

अमेरिकामा रहेका विभिन्न १५ वटा नेपाली संघ संस्थाले आयोजना गरेको २५६० औं बुद्ध जयन्ति विशेष कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बाजागाजासहित  मौलिक भेषभूषामा उत्रिएका लामाहरुले उक्त कार्यक्रमको शोभा झन बढाएका थिए । त्यस्तै, हात हातमा बुद्ध बचन लेखिएका प्लेकार्डसहित निस्किएको शान्ति पदयात्राले बुद्ध जयन्तिको सार्थकता सिद्धी पारेको देखियो ।

सोही अवसरमा किदूक गुम्बामा बौद्ध लामाहरुद्वारा पूजा–अर्चना, ज्याक्सन हाईट्सको डाईभर्सिटी प्लाजामा द्वीप प्रज्वलन र उडसाईडमा रक्तदान कार्यक्रमको आयोजना समेत गरियो ।

अमेरिकामा रहेका नेपालीहरु आ–आफ्नो काममा जति व्यस्त छन् त्यति नै सामाजिक कार्यमा पनि सक्रिय छन् भन्ने कुरा यस्तै कार्यक्रममा हुने गरेको सहभागिताले प्रष्ट्याएको छ । न्यूयोर्कमा वुद्ध जयन्ति विशेष कार्यक्रम कस्तो भएको थियो बाँकी तस्बीरबाटैः


तस्बीरः  प्रदीप परियार थापा