न्युयोर्क

न्यूयोर्कमा बुद्ध जयन्ती विशेष कार्यक्रम हुने

न्यूयोर्क । २५६० औं बुद्ध जयन्तीको अवसरमा न्यूयोर्कमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल, अमेरिकाले यहिं मे २१ तारिख शनिबारको दिन विशेष कार्यक्रमको आयोजना गरेको हो ।
बुद्ध जयन्तीको अवसरमा ज्याक्सन हाइटमा शान्ति ¥यालीसहित विविध कार्यक्रम गरिने भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रम बेलुकी ९ बजेसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । कार्यक्रमको समन्वय ह्योल्मो सोसाईटी अफ अमेरिकाले गरेको छ  भने १३ वटा संघसंस्थाले सहयोग गर्ने भएका छन् ।