समाचार

न्यूयोर्कमा भव्य बन्यो ईन्द्रजात्रा र लाखे नाँच

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेवाः समुदायले ईन्द्रजात्रा र लाखे नाँच प्रदर्शन गरेका छन् ।
नेवाः गुठी न्यूयोर्कको आयोजनामा शनिबार ज्याक्सन हाईट्समा यन्या पुन्ही अर्थात ईन्द्रजात्रा विशेष रुपमा मनाईएको हो । जात्रामा कुमारी, गणेश र भैरवको रथ यात्रा पनि गरिएको थियो । त्यस्तै जात्रामा नेवारी कला झल्कीने विभिन्न प्रस्तुतिका साथै विशेष सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा अमेरिकामा रहेका कलाकारहरुले प्रस्तुति दिएका थिए ।

जात्रा अवलोकन गर्न नेपाली समुदायका साथै न्यूयोर्क आसपासका स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । जात्रा पछि समुदायका अगुवाका साथै न्यूयोर्क सिटीका प्रतिनिधिले आफ्नो धारणा राखेका थिए । 


नेवाः गुठी न्यूयोर्कले तीन वर्ष अघि देखि ईन्द्रजात्रा मनाउन थालेको हो । गुठीका अध्यक्ष विजयमान सिंले आगामी वर्षहरुमा यी र यस्ता पर्वहरुलाई अझै विशेष र भव्य रुपमा सम्पन्न गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा पुलुकिसी नाच विशेष आकर्षण रहेको थियो । कार्यक्रमको अन्तमा विशेष रुपले तयार गरिएको नेवारी भोजन तथा सगुन वितरण गरिएको थियो ।