राजनीति

आज संसद बैठक बस्दै, के–के छन् कार्यसूचि ?

काठमाडाैं, १२ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा तीन अध्यादेश पेश गर्ने तयारी छ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश सोमबार पेश हुन लागेका हुन् । यी तीनवटै अध्यादेश अघिल्लो सरकारले ल्याएका हुन् । 
संसद सचिवालयका अनुसार यी तीन अध्यादेश सम्भवत सोमबारको संसद बैठकमा पेश हुने र छलफल हुने जनाइएकाे छ। अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा अध्यादेश स्वतः निष्कृय हुन्छ ।