राजनीति

तीनवटै राप्रपालाई मिलाउने प्रयास - 'चिया बगानमा कफी पाईन्छ त ?'

काठमाडाैं, ६ चैत । संसदीय निर्वाचनपति लजास्पद हार बेहोरेका राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पुर्वराजा ज्ञानेन्द्रले प्रश्न सोध्दै घुमाउरो शैलीमा भन्नुभयो, -  तपाईहरुले पार्टीलाई यसै गरी अघि बढाउने सोच भए मेरो विकल्प अरु पनि हुन सक्छ । 
आईतबार दिउँसो पुर्वराजालाई भेट गर्न गएका नौ जना नेतासँग झापामा उहाँले भन्नुभयो अब पार्टीलाई एक बनाउने बेला आएको छ । यसका निम्ति गृहकार्य गर्नुस् । 
दिउँसो ४ बजेदेखि ७ बजेसम्मको भेटमा पुर्वराजाले पालैपालो सबै नतोको धारणा सुन्नुभएको थियो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।