राजनीति

राष्ट्रपति चुनाव : विद्या दोहोरिने निश्चित

काठमाडौं, २३ फागुन । मुलुकको तेस्रो राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै दोहोरिने पक्कापक्की भएको छ । मंगलबार मध्यरातसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटि बैठकलले भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने निर्णय गरेको हो । एमालेको निर्णयपछि भण्डारी संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्ने निश्चित भएको छ ।
एमाले उपमहासचिव विष्णु पौडेलले वर्तमान राष्ट्रपतिलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले वर्तमान राष्ट्रपतिको नाम प्रस्ताव गगर्नुभयो, यो प्रस्ताव स्थायी समितिले सर्वसम्मत रुपमा अनुमोदन गर्यो ।’ 
राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि आकांक्षा देखाएका थिए । 
आगामी फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुनेछ । आज राष्ट्रपति पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । दाबी विरोधको उजुरी, जाँचबुझ र नाम फिर्तापछि विहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । 
पूर्वनिर्धारित कार्यक्रम अनुसार निर्वाचन अधिकृतको कार्यालयले सोमबार राष्ट्रपति निर्वाचनका मतदाताको अन्तिम नामावली प्रकाशित गरेको थियो । संघीय संसदका ३३१ सदस्य र यसैगरी ७ प्रदेशका प्रदेशसभाका ५४९ सदस्यको नाम प्रकाशित भएको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ ।