राजनीति

किन आउँदैछन् चिनीयाँ प्रधानमन्त्री ?

काठमाडाैं, २० फागुन । चिनीयाँ प्रधानमन्त्री ली कछयाङले एक महिनाभित्र नेपाल भ्रमण गर्ने गरी तयारी अघि बढेको छ । यही मार्चभित्र ली नेपाल भ्रमणमा आउने भएपछि गोप्यरुपमा भ्रमणको तयारी गरिएको हो । 
चिनीयाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको तयारीका सिलसिलामा ली काठमाडौं आउने तयारीमा रहेको बताइएको छ । प्रधानमन्त्री लीको नेपाल भ्रमण सफल बनाउन केही दिनयता काठमाडौंस्थित चिनीयाँ दूतावासका अधिकारीहरु प्रायः हरेक दिनजसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धाउने गरेका छन् । प्रधानमन्त्री ली विशेष विमानमा आउने भएपछि रनवेको गुणस्तर र सुरक्षामा चिनीयाँ अधिकारीहरुको चासो बढेको हो ।