राजनीति

वैदेशिक सम्बन्धमा ओलीका चुनौती

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रमुख कार्यकारी पदमा नियुक्त भएका छन् । राष्ट्रपतिबाट बिहीबार शपथग्रहणलगत्तै उनलाई विभिन्न देशका नेपालस्थित राजदूतले शीतलनिवासमै शुभकामना दिए । 
अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले ओलीलाई टवीटरमार्फत कार्यकाल सफलताको बधाई दिँदै अमेरिका नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको जनाएकी छन् ।
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि बधाई सन्देश पठाउँदै ओलीको कार्यकाल सफलताको शुभकामना दिएकी छन् ।
उनले ओली सरकारसँगै यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको पनि बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै बधाई दिइसकेका छन् । उनले एक महिनाअघि नै आफू ओलीसँग निकट रहेर सहकार्य गर्न आतुर रहेको सन्देशसमेत पठाएका थिए । यो खबर आजको कान्तिपुरमा छ ।