राजनीति

माओवादी सरकारमा सहभागी नहुने

काठमाडाैं, ३ फागुन । माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो । 
एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेका बेला मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको हाे ।
माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल  लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे । 
उनले भने, सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।  आजको नागरिक दैनिकमा यो खबर छ ।