न्युयोर्क

क्षेप्यास्त्र आक्रमणको म्यासेजले अमेरिकामा त्रास फैलियो

अमेरिका, ३० पुस । अमेरिकी राज्य हवाइमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको खतराबारे आम नागरिको मोबाइलमा म्यासेज आएपछि सन्त्रास फैलिएको छ । म्यासेज कस्ले पठाएको हो भन्ने नखुलाइए पनि हवाइस्थित गभर्नर डेभिड इजले यो सूचना गलत रुपमा गएको प्रतिक्रिया दिएका छन् । 
केही स्थानीय टेलिभिजन तथा रेडियो मार्फत समेत यो सूचनाका विषयमा प्रशारण भएको थियो । उक्त म्यासेजमा हवाइ क्षेत्रमा क्षेप्यास्त्र आक्रमणको खतरा रहेको भन्दै सबै सर्बसाधारणलाइ सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको थियो ।
सूचना र्साजनिक भएपछि अधिकांस स्थानीय तथा विश्वविद्यालयका विधार्थीहरु सुरक्षित स्थानतर्फ सर्ने तयारी समेत गरेका थिए । हवाइको आकस्मिक व्यवस्थापन निकाय (इ.एम.ए)ले कर्मचारीले गलत बटन चलाएर यस्तो सुचना सार्वजनिक भएको स्वीकारेको छ । यसबारे अमेरिकी सरकारले गहिरो अनुसन्धान गर्ने जनाइएको छ ।