काठमाडौं, १७ पुस । अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्ष सन् २०१८ सुरु भएको छ । आइतबार मध्य रातमा वर्ष २०१७ सकिएसँगै नयाँ वर्ष २०१८ सुरु भएको हो । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव मनाइएको छ ।
सन् २०१८ को स्वागतका लागि संसारका विभिन्न शहरमा आतिसबाजी गरिएको हो । संसारका ठूला शहरहरु न्युजिल्याण्डको औकल्याण्ड, अस्टे«लियाको सिड्नी, जापानको टोकियो, हङ्कङ्, दक्षिण कोरियाको सिओल, थाईल्याण्डको बैङ्कक, युएईको दुबई, जर्मनीको बर्लिन, फ्रान्सको पेरिस लगायतका शहरमा भव्य कार्यक्रम गरी नया“ वर्षलाई स्वागत गरिएको छ । यसैक्रममा विश्वका नेताहरुले नया“ वर्षको शुभकामना सन्देश जारी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया“ राष्ट्रपति सी जिन्पिङ, अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टे«नबुल, फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोंलगायतका नेताहरुले शुभकामना सन्देश जारी गर्दै शान्ति र स्थीरताको कामना गरेका छन् ।
यसैबीच, नयाँ वर्ष सन २०१८ को अवसरमा नेपालमा पनि विविध कार्यक्रम गरी स्वागत गरिएको छ । नेपालका पर्यटकीय स्थल काठमाडौं, पोखरा, चितवन, धरान लगायतका क्षेत्रमा हर्षोल्लासपूर्वक नयाँ वर्षको स्वागत गरिएको हो ।
Comments