समाचार

हरेक प्रदेशमा परराष्ट्रको एकाइ

काठमाडौं, १३ पुस । परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा आफ्नो एउटा एकाई राख्ने योजना बनाएको छ । उपसचिवको नेतृत्वमा रहने उक्त एकाइ मुख्यमन्त्रीको कार्यालयमा राख्ने तयारी परराष्ट्रको छ । 
'प्रदेशमा परराष्ट्र नीतिको प्रवर्द्धन, विदेशीसँग हुने भेटघाटको समन्वय र कन्सुलर सेवा प्रदान गर्न हरेक प्रदेशमा एउटा एकाइ (युनिट) राख्ने सोच हामीले बनाएको छौं तर यसले पुर्णता पाइसकेको छैन, परराष्ट्र सचिव शंकरदास बैरागीले भने, - मुख्यमन्त्रीको कार्यालयमा यस्तो युनिट राख्ने सोच छ ।', आजको नागरिक दैनिकमा यो खबर छ ।