समाचार

प्रादेशिक राजधानीको माग राख्दै धनकुटा बन्द आह्वान

धनकुटा, ३ पुस । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनपर्ने माग राख्दै चरणवद्ध आन्दोलन गरिरहेका धनकुटावासीलो आज धनकुटा बन्द आह्वान गरेका छन् । बन्दले विहानैदेखि जनजीवन प्रभावित बनेको छ । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्था तथा जिल्लामा रहेका उद्योग कलकारखाना बन्द भएका छन् । बन्दका कारण यात्रुहरु मर्कामा परेका छन् । प्रदेश नम्बर १ को सम्भावित राजधानीको रूपमा  विराटनगर,  इटहरी र धरान कहाँ हुने भन्न विवाद कायमै छ । यसै विषयलार्य लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसद्को भुमिका अग्रणी हुने देखिएको छ ।