खेलकुद

रोनाल्डो बने फिफा वर्ष खेलाडी

काठमाडौं, ७ कार्तिक । पोर्चुगल र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो।  फिफा ब्यालन डो’रबाट फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको दोस्रो बर्ष पनि रोनाल्डोले नै सफलता हात परेका छन्।
यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोन मेस्सी र पिएसजीका नेयमारपछि पारेका छन् । रियलले गत बर्ष च्याम्पियन लिग र ला लिगा उपाधि जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा आगामी बर्ष हुने फिफा विश्वकपमा पोर्चुगल छनोट भैसकेको छ  ।
फ्रान्स फुटबल र फिफाले सन् २०१० देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर गत बर्षबाट नयाँ उपाधिको थालनी गरेको हो।
कुन विधामा कस्ले उपाधि चुमे ? 
‘द बेष्ट’ पुरुष खेलाडी: क्रिस्टियानो रोनाल्डो
‘द बेष्ट’ महिला खेलाडी: लिके मार्टिन्स (नेदरल्याण्ड)
‘द बेष्ट’ पुरुष प्रशिक्षक: जिनेदिन जिदान (रियल म्याड्रिड फुटबल क्लब)
‘द बेष्ट’ महिला प्रशिक्षक: सरिना विग्मन (नेदरल्याण्ड)
‘द बेष्ट’ फिफा गोलकिपर: जियानलुइजि बुफन (ईटाली र युभेन्टस)
फिफा फेअर प्ले अवार्ड: फ्रान्सिस कोने (टोगो)
फिफा पुस्कास अवार्ड: ओलिभर जिरुड (फ्रान्स र आर्सनल)
फिफा फ्यान अवार्ड: सेल्टिक फुटबल क्लब
फिफा विश्व ११: बुफन, बोनुचि, रामोस, मार्सेलो, आल्भेस, मोद्रिच, ईनिएस्टा, क्रुज, मेस्सी, रोनाल्डो, नेयमार