राजनीति

अब माओवादीको गठबन्धन मधेसी दलसँग

काठमाडौं, १७ साउन । पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा नेपाली कांग्रससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले तेस्रो चरणको चुनावमा मधेशी दलसँग गठबन्धन गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को  चुनाव मधेस केन्द्रीत दलसँग मिलेर लड्ने बताएका हुन् । 
महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय चुनावमा मधेस केन्द्रीत दलसँग गठबन्धन गर्ने आशय वक्त गरेका हुन् ।  चुनावमा राजपालाई सहभागी गराउनुपर्नेमा जोड दिँदै  उनले सरकारले त्यसका लागि वातावरण तयार पर्नुपर्नेमा जोड दिए ।