राजनीति

ललितपुर महानगरको मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं,  जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन अन्ततः ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्। मंगलबार राति साढे १ बजे  अन्तिम परिणाम सार्वजनिक भएको हो । अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४३०१ मत परेको छ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्। 

ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन् ।  पहिलो चरणमा निर्वाचन भएका चार महानगरमध्ये ललितपुरको मत परिणाम सार्वजनिक भए पनि अन्य महानगरको मत गणना भने जारी रहेको छ । अन्य महानगरमा एमालेले अग्रता लिएको छ ।