काठमाडौं, बैशाख । आगामी जेठ ४ गतेसम्म व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठक स्थानीय तहको निर्वाचन पछिसम्मका लागि स्थगित भएको हो। सभामुख ओनसरी घर्तीले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै मुलुक अत्यन्त गम्भीर अवस्थामा पुगेकाले अहिले सबैले धैर्य अपनाउनु पर्ने बताइन्। ‘मुलुक निर्वाचनमा गइसकेको छ। यस्तो अवस्थामा सबै कुरालाई सहमतिमा राखेर अगाडि बढ्नुपर्छ। त्यसैले संसद बैठक जेठ ४ गतेसम्म स्थगित गरेको हुँ,’ उनले भनिन्।
‘महाभियोगको विषय संसदको विशेषाधिकारको भित्र पर्ने विषय हो। राज्यले सबैको अधिकार छुट्टाएको छ,’ उनले भनिन्।
Comments