राजनीति

कांग्रेसले चार वटै महानगरपालिकाका उम्मेद्वारको टुंगो लगायो

काठमाडौं, १९ बैशाख ।  नेपाली कांग्रेसले काठमाडौंसहित चारवटै महानगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ । सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत नेताको बैठकले चार वटै महानगरपालिकाको उम्मेद्वारको टुंगो लगाएको हो ।
बैठकले काठमाडौंको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्गीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । त्यस्तै ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याल, पोखरा लेखनाथ महानगरपालिकाको मयरमा रामजी कुँवर र सरस्वती गुरुङ, भरतपुर महानगरपालिकाको मेयरमा गिरीश कोइराला र  पार्वती शाहलाई उम्मेद्वार बनाउने भएको हो ।
मेयरका उम्मेद्वारमध्ये काठमाडौंमा बरिष्ठ नेता रामचन्द्र पौडेल, ललितपुर र पोखरामा सभापति शेरवहादुर देउवा र भरतपुरमा नेता कृष्ण सिटौला निकट हुन् ।