राजनीति

काठमाडौंमा फोरम र नयाँ शक्तिबीच तालमेल

काठमाडौं, १९ बैशाख ।  नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच काठमाण्डौंको लागि चुनावी तालमेल भएको छ। मेयरमा फोरमबाट पवित्र बज्राचार्य तथा उपमेयरमा नयाँ शक्तिबाट सविना अर्यालको नाममा सहमति भएको छ। दुबै पार्टीले एउटै चुनाव चिन्ह मसाल प्रयोग गर्ने यसअघि सहमति भइसकेको छ।
बज्राचार्य ०४९ र ०५४ को स्थानीय निकाय चुनावमा नेकपा एमालेबाट काठमाण्डौं-२३ मा वडाध्यक्ष निर्वाचित भएका थिए। उनी किराना खुद्रा व्यापार संघका अध्यक्षसमेत हुन्।
उपमेयरमा उम्मेदवार घोषित अर्याल तत्कालीन एकीकृत नेकपा माओवादीकी केन्द्रीय सदस्यबाट राजीनामा दिई नयाँ शक्ति प्रवेश गरेकी थिइन्।