राजनीति

साझा पार्टीबाट सबैभन्दा पहिले उम्मेदवारी दर्ता

काठमाडौं, १९ बैशाख । पूर्व सचिव किशोर थापाले साझा पार्टी नेपालको समर्थनमा काठमाण्डौंको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। साझा पार्टीले अधिवक्ता अनुपमा यादवलाई उपमेयरमा समर्थन गरेको छ। आफ्नो पार्टी विधिवत् दर्ता नभइसकेको हुँदा उनीहरुलाई स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारिएको साझा पार्टीले जनाएको छ।