काठमाडौं–संघीय गठबन्धनले सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै वैशाख ३१ का लागि स्थानीय निर्वाचन प्रभावित गर्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
गठबन्धनले वैशाख ५ देखि स्थानीय चुनावको दिनसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रममा वैशाख १५ गते मधेश, थरुहट र लिम्बुवान बन्द, १६ गते नेपाल बन्द, १९ गते मदताद केन्द्रमा लाठि जुुलुस प्रदर्शन गर्ने लगायत छन् ।
यस्तै गठबन्धनले वैशाख २७ देखि अनिश्चितकालिन आम हड्ताल र नेपाल बन्द गर्ने कार्यक्रम घोषणा गरेको गठबन्धनका प्रवक्ता डा ओम गुरुङले जानकारी दिए । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहेको गठबन्धनमा मधेशी, जनजाती पार्टी र संगठन सदस्य छन् ।
सरकारले आदिवासी, जनजातीका माग पूरा नगरेको भन्दै गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ । उसले सरकारले दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकले आफूहरुका माग पूरा नगर्ने जनाएको छ ।
Comments