काठमाडौं, २३ चैत । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कामलाई तीव्रता दिएको छ । मतदाता परिचयपत्र, मत पत्र छाप्ने लगायतका काम तीव्र रुपमा गरिरहेका बेला आयोगले चुनावमा भाग लिने ८० दलको सूची सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले मंगलबार दलहरुको नामावली सार्वजनिक गरेको हो । सार्वजनिक सूचीमा आन्दोलनरत सबै मधेसी दलहरुको नाम पनि समावेश भएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी माेर्चालार्इ सहमतिमा ल्याउन प्रदेश नम्बर २ र ५ मा दाेस्राे चरणमा चुनाव गर्नुपर्ने अाैपचारिक प्रस्ताव अघि सारेका छन् ।
Comments