काठमाडौं– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमाथि भारतले हेर्ने दृष्टिकोणमा अस्पष्टता भएको बताएका छन् । उनले नेपाल–भारतबीच आपसी विश्वास र भरोसाको अभावमा समस्या उत्पन्न भएको बताएका हुन् ।
शनिबार नयाँ दिल्लीस्थित नीति अनुसन्धान केन्द्रमा आयोजित ‘नेपाल–भारत सम्बन्धको पुनःसंरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले नेपाल भारतबीचको सम्बन्ध सदियौंदे विशिष्ठ खालको रहेको भएपनि पछिल्लो समय आएर द्विपक्षीय हितमा अवसरबादी सोंच हावी भएको कारण गुनासो उत्पन्न भएको बताए ।
उनले भने, ‘तात्कालिक फाइदाको निम्ति एक–अर्कालाई प्रयोग गर्ने अवसरवादी सोंच पनि हावी रहेको देखिन्छ, यो बाहेक एक अर्काप्रति गहिरो गुनासा र असन्तुष्टि पनि देखापर्दै आएका छन्।’ संयोजक भट्टराईले नेपाली जनताले भारतले परिवर्तन नस्वीकारेको र नेपालको प्रगति नचाहेको बुझेको र भारतीयहरुले आफ्नो राणनीतिमा परिवर्तन नगरेका कारण समस्या उत्पन्न भएको बताएका छन्।
नेपालमा अहिलेको मुद्दा भनेको राजनीतिक संक्रमणलाई निष्कर्षमा पु¥याउनु हो भन्दै उनले संविधानमा संशोधन गरी मधेसी, थारु र जनजातिहरुलाई समाहित गर्दै सबैको साझा दस्तावेज बनाउनुपर्ने बताए। नेृपालका एकथरी उग्रराष्ट्रवादका नाममा उत्पीडित जनतालाई मूलधारकाबाट बाहिर राख्न चाहेको बतए। ‘अहिले नेपालमा उग्र–राष्ट्रवादको पुनरुत्थान तीब्र रुपमा देखापर्दैछ । यस प्रवृत्तिले आन्तरिक रुपमा मधेशी–थारुहरुलाई राष्ट्रिय मूलधारबाट बाहिर राख्न चाहन्छ भने बाह्य रुपमा भारतलाई दोषी ठहर्याउँछ’, उनले भने, ‘यस्तो अस्वस्थ राष्ट्रियता अहिले नेपालका पहाडी भेगमा, खस–आर्य समुदायबीच तीब्र रुपमा फैलँदैछ।’ उनले मधेशी–थारु, आदिवासी जनजाति र खस–आर्य – बीच साझा सम्झौता हुन आवश्यक रहेको बताए।
नेपाललाई हेर्ने भारतीय दृष्टिकोणमा एकरुपता र स्पष्टता नभएको उनको आरोप थियो। भारतले नेपालको विकासमा सहयोग पु¥याए पनि संविधान निर्माणका क्रममा समावेशी लोकतन्त्रका पक्षधरहरुलाई साथ नदिएको उनको आरोप थियो । नेपालमा संविधान निर्माण भएर कार्यान्वयनको पक्रियामा पुगिसक्दा समेत भारतले आफ्नो दृष्टिकोण सार्वजनिक नगरेको भन्दै उनले भारतले स्पष्ट दृष्टिकोण सार्वजनिक नगर्दा प्रतिक्रियावादी हावी भएको उनको भनाइ थियो।
उनले नेपाल संवृद्धिको दिशामा अगाडि बढेको भन्दै भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह समेत गरे। उनले भने, ‘नेपालको अहिलेको प्राथमिकता भनेको आर्थिक वृद्धि, पूर्वाधार र समृद्धि नै हो। भारतको सक्रिय साथ विना यो हासिल गर्न सकिन्न।’ भारतले आफ्नो विगतको गल्ती स्वीकार गर्दै नेपालको प्रगतिमा साथ दिन उनले आग्रह गरे।
Comments