राजनीति

संघीय गठबन्धनबाट देशव्यापी आन्दोलन घोषणा

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंमिलत संघीय गठबन्धनको बैठकले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। संघीय समाजवादी फोरमको कार्यलय तीनकुनेमा बसेको बैठकले मधेस, पहाड र हिमालमा एकैपटक आन्दोलन गर्ने घोषणा गरेको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै संघीय गठबन्धनको बैठकले आदिववासी जनजातिसँग मिलेर हिमाल, पहाड र मधेसमा संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेको हो।
बिहिबार बसेको मधेसी मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार पनि मोर्चाका नेताहरुलाई छलफलका लागि सिंगदरबार बोलाएका छन्।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौलालगायत रहेका छन् भने मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमसपाका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका महासचिव मनिष सुमन लगायत रहेका छन्।