राजनीति

एमालेको मेची–महाकाली अभियान हेटौडाबाट शुरु हुँदै

मकवानपुर–नेकपा एमालको स्थगित मेची महाकाली अभियान आजबाट पुनः हेटौडाबाट शुरु हुने भएको छ । अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार हेटौंडाबाट पुनः सुरु हुने अभियानको कार्यक्रम र अभियान टोलीलाई मकवानपुरमा भब्य स्वागत गर्न तयारी भइरहेको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले जिल्ला कमिटि मकवानपुरले तयारी पुरा भएको जानकारी दिएको हो । 
अभियान अन्र्तगत फागुन २७ गते हेटौंडामा  दिउसो २ बजेदेखि ५ बजेसम्म एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली लगायत प्रमुख केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । औपचारिक कार्यक्रम अघि बिभिन्न स्थानबाट ¥याली तथा विविध साँस्कृतिक झाँकी सहितको नगर परिक्रमाका कार्यक्रमहरु रहेको जिल्ला अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो । 
अभियान अन्र्तगतका विविध कार्यक्रमका लागि भनेर एमालेले हेटौंडा बजारका विभिन्न स्थानहरुमा सजावट र स्वागत द्वारहरु समेत निर्माण गरेको छ । कार्यक्रममा मकवानपुर लगायत छिमेकी जिल्लाहरु बारा पर्सा रौतहटका हजारौं एमाले प्रतिनिधीहरुको समेत सहभागिता रहने एमाले मकवानपुरले जनाएको छ । अभियान अन्र्तगत फागुन २८ गते १० बजेपछि अभियान टोली चितवन प्रस्थान गर्ने छ । एमालेको अभियान अन्तरगतको सप्तरीको कार्यक्रम बिथोल्ने क्रममा मधेशी मोर्चा र प्रहरी बीच झडप हुदा ३ जनाको ज्यान गए पछि प्रदेश नं २ को बिभिन्न स्थानको कार्यक्रम स्थगन गरेको थियो ।