मोरङ– श्रममन्त्री सूर्यमान गुुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताएका छन्।
विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको बताए। मन्त्री गुुरुङले भने, “निर्वाचनमा सबैको उत्साहजनक सहभागिता हुन्छ, मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्धारित मितिमा स्थानीय निर्वाचन गराउन सरकार प्रतिवद्ध छ।”
लामो समायदेखि स्थानीय निकायका निर्वाचन नहुँदा जनतामा नैरश्यता छाएकाले अब कुुनै पनि हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुुनेमा उनले जोड दिए।
Comments