विचार

समाजवादी क्रान्तिका नायक फिडेल सम्झनामा

विश्व समाजवादी आन्दोलनका क्रान्तिकारी नेता, साम्राज्यवादविरोधी अथक योद्धा तथा क्युवाली समाजवादी क्रान्तिका नायक फिडेल क्यास्ट्रोको गत साता ९० वर्षको उमेरमा निधन भएको छ । फिडेल अन्तिम पटक औपचारिक रुपमा गएको अप्रिल महिनामा भएको क्युवाली कम्युनिष्ट पार्टीको महाधिवेशनमा सहभागी भएका थिए । महाधिवेशनमा प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उनले आफ्नो निधनपश्चात पनि विचारको लडाई जारी राख्न आह्वान गरेका थिए । ‘म चाँडै ९० वर्षको हुँदैछु । चाँडै म पनि अरु जस्तै जानेछु । सबैको एक न एक दिन समय आउँछ । तर क्युवाली कम्युनिष्टहरुको विचार भने यो ग्रहमा एउटा प्रमाणको रुपमा रहनेछ – यदि कसैले जुझारु भावना र आत्मसम्मानका साथ काम गरे उनीहरुले मानव जातिलाई आवश्यक भौतिक वस्तु तथा साँस्कृतिक सम्पदा उत्पादन गर्न सक्नेछन् र त्यसको लागि बिना सम्झौता लड्न जरुरी छ ।’, महाधिवेशनमा उनले भनेका थिए । 

एक जना विश्व क्रान्तिकारी सेर्गोई अलेक्सान्द्रो गोमेज

कोही पनि मानिसको विषयमा जति उसका समर्थकहरुबाट जान्न सक्छौं, त्यत्ति नै धेरै कुरा हामी उसका विरोधीहरुबाट पनि थाहा पाउन सक्छौं । सं.रा. अमेरिकामा निक्सन राष्ट्रपति हुँदा विदेश सचिव रहेका हेनरी किसिन्जरले आफ्नो आत्मसंस्मरणमा फिडेल क्यास्त्रोको विषयमा ‘आफ्नो समयका सबैभन्दा पवित्र क्रान्तिकारी नेता’ भनि व्याख्या गरेका छन् ।
सं.रा. अमेरिकाका पूर्वविदेश सचिव तथा धेरै अमेरिकी राष्ट्रपतिका विदेश मामिला सम्बन्धि सल्लाहकार किसिन्जरले सन् १९७५ मा अमेरिकालाई जिल्ल पारेर अंगोलाको स्वाधीनता आन्दोलनलाई क्युबाले गरेको सहयोगको सन्दर्भमा क्यास्त्रोबारे सो धारणा लेखेका हुन् । शीतयुद्धको समय थियो । शीतयुद्धकालीन भूराजनीतिका कारण तात्कालीन सोभियत संघ अफ्रिकामा प्रत्यक्ष हात राख्ने पक्षमा थिएन । सं.रा. अमेरिका दक्षिण अफ्रिकाको रंगभेदी शासनको खुलेर समर्थनमा हिँडेको थियो ।
त्यस अवस्थामा अंगोलाको मुक्ति युद्धमा सामेल भएर फिडेल क्यास्त्रोले संसारसामू देखाए, सन् १९५९ जनवरी १ मा विजय हासिल गरेको क्युबाली क्रान्ति सिद्धान्तमा आधारित भएको क्रान्ति हो । उनले त्यस परिस्थितिमा क्युबा कसैको पिछलग्गु देश नभएको प्रमाणित गरे । अफ्रिकामा लडेका बहादुर क्युबाली सिपाहीहरु र फिडेल स्वयम्को नेतृत्वले अफ्रिकी महादेशको इतिहासको दिशा नै परिवर्तन गरिदियो । रंगभेदको अन्त्य गरिदियो । यो कुरा स्वयम् नेल्सन मण्डेलाले सार्वजनिक रुपमा बोलेका छन् ।
दक्षिणी गोलाद्र्धको एउटा सानो देशले आफ्नो महादेशभन्दा बाहिर सिपाही पठाएको यो पहिलो पटक थियो । धेरैको आश्चर्यको सीमा त्यतिबेला भत्कियो जब त्यहा“ क्युबाली सिपाहीहरुले उत्साहजनक विजय हासिल गरे । जब कुनै पनि देश न्यायको आदर्श पछ्याएर मैदानमा उत्रन्छ भने त्यो देश सानै देश भएर पनि विश्व शक्तिलाई समेत पराजित गर्न सक्दछ, क्युबा यो सत्यको उदाहरण बन्यो । अरु धेरैले असम्भव ठानेका धेरै कुरा क्युबाले गरेर देखाइदियो । सं.रा. अमेरिकाभन्दा ९० माइल पर क्युबाले समाजवादी क्रान्ति सम्पन्न ग¥यो । त्यसै कारण आधा शताब्दीसम्म वाशिङ्टनले क्युबाली टापुलाई विभिन्न तरिकाले सजाय दिने काम गरिरह्यो ।
सियरा माइस्त्राका पहाडमा बाटिष्टाको तानाशाहीविरुद्ध लडाइँ गर्दै गर्दा नै क्रान्तिकारी नेता फिडेल क्यास्त्रोले आफ्नो लडाइँ अन्ततः साम्राज्यवादविरुद्ध हुने अनुमान गरेका थिए । तर फिडेलको विश्वभरि फैलिएको विरासतको आधार बनेको यो साम्राज्यवादविरोधी सङ्घर्ष कुनै सरकार वा देशविरुद्धको निम्छरो द्वन्द्व मात्र भने थिएन । यो एउटा संसारभरी जरा गाडेर बसेको अवधारणाविरुद्धको सङ्घर्ष थियो ः  ‘संसारमा दुई थरी कानुन, दुई थरी नियम, दुई थरी तर्क भएजस्तो देखापर्छ, एकथरी सं.रा. अमेरिकाको निम्ति र अर्कोथरी अरु बाँकी देशको निम्ति । तर मैले संसारभरि सं.रा. अमेरिकाको जगजगीलाई कहिल्यै स्वीकारिनँ । निःसन्देह यही मेरो आदर्श हो ।’, सन् १९७८ मा क्युबा र सं.रा. अमेरिकाबीच सम्बन्ध सुधारको प्रयास गर्न हवाना आएको कार्टर सरकारको प्रतिनिधिहरुसँग कुराकानी गर्दै क्यास्त्रोले भनेका थिए ।
शक्तिशालीहरुको सधैं विपक्षमा र ‘विश्वको कुँञ्जिएको हिस्सा’को पक्षमा उठ्ने क्यास्त्रोका आवाज महादेशका समथर भूमि, जङ्गल र पहाडहरुमा र सबैतिर गुञ्जियो ।
क्युबाली क्रान्ति र फिडेलका विचारले प्रगतिशील संसारको आशा गर्ने सबै जनताको निम्ति उत्साहित बनायो । संसारका शक्तिशालीहरुले अपराजयीको रुपमा प्रस्तुत गर्न प्रयास गरेका अन्तर्विरोधलाई सुल्झाउन चाहने सबैको निम्ति त्यो ऐतिहासिक घटनाले उत्साहको सञ्चार ग¥यो ।
पूर्वी युरोपमा एकपछि अर्को समाजवादी देशहरुमा समाजवादी व्यवस्था ढल्दै गरेपछि सबै कुराको अन्त्य भएको भान भएको थियो धेरै मानिसलाई । तर त्यस्तो अवस्थामा सन् १९५९ मा एउटा बत्ती बल्यो र त्यो बत्ती दिनानुदिन चहकिलो बन्दै गयो । इतिहासकै सबभन्दा कठिनतम मोडमा मानव जातिका समस्या समाधान गर्न समाजवादको रक्षा गर्न सफल हुनुले फिडेल अब्बल क्रान्तिकारीहरुको नाममा समावेश हुँदै गए । उनलाई त्यो ऐतिहासिक क्षणको व्याख्या गर्न राम्रोसँग आउँथ्यो ।
तर क्युबाली क्रान्ति कुनै कोरा सिद्धान्त बोकेर कहिल्यै हिडेन । हाम्रो महादेशभरिका तानाशाहीहरुविरुद्ध लड्दै गर्दा क्युबाली हतियार र स्रोतले जसरी गुरिल्लाहरुलाई सहयोग पु¥याएको थियो, त्यसरी नै सशस्त्र क्रान्तिको अन्त्य पश्चात कुन तरिकाले हिँड्नु पर्दछ र राजनीतिक रुपान्तरणलाई कसरी हा“क्नु पर्दछ भन्ने कुराको ज्ञान सियरा मायस्त्राका गुरिल्ला फिडेललाई राम्रो थाहा थियो ।
फिडेलले आफ्नो जीवनकालमा ल्याटिन अमेरिकाका धेरै पुस्ताका क्रान्तिकारीसँग काम गरे । कति आए अनि कति गए । धेरै मित्रलाई सहयोगको हात बढाउने सौभाग्य फिडेललाई प्राप्त भयो । यो क्षेत्रका धेरै बहादुर नेताहरुमध्ये दुईजनाको मात्र नाम लिनु पर्दा चिलीका साल्भाडोर एलेण्डेदेखि भेनेजुयलाका ह्युगो चाभेजसम्मलाई फिडेलले सहयोग गर्ने मौका पाए । ‘मेरा लागि फिडेल मेरा पिता, मेरा कामरेड, मेरो कहिल्यै विफल नहुने रणनीतिका योजनाकार हुनुहुन्छ’, सन् २००५ मा ग्रान्मा पत्रिकालाई दिएको अन्तर्वार्तामा ह्युगो चाभेजले भनेका थिए । सन् १९९४ मा भर्खरै कारागार मुक्त भएका लेफ्टिनेन्ट कर्णेल चाभेजलाई स्वागत गर्न तत्कालीन क्युबाली राष्ट्रपति फिडेल स्वयम् हवानाको विमानस्थलमा पुगेका थिए । त्यो नै दुई नेताबीचको पहिलो भेट भएको थियो ।
सन् १९९९ मा भएको राष्ट्रपति निर्वाचनमा चाभेज विजय भए । ल्याटिन अमेरिका र क्यारेबियाली क्षेत्रको लागि चाभेजको यो विजय साँच्चै नयाँ युगको आरम्भ सावित भयो । त्यो युगका नायकहरु इभो मोरालेसदेखि राफेल कोरेयासम्मले यो प्रक्रिया फिडेलको नेतृत्वबिना सम्भव हुने थिएन भनेका छन् । विगतमा आफूले गुमाउनु परेका उपलब्धि फेरि हत्याउन अहिले दक्षिणपन्थी शक्तिहरुले भगिरथ प्रयास गरिरहेका छन् । तर विगत दुई सय वर्षको इतिहासमा कहिल्यै नभएको जस्तो बलियो एकता यो समयमा देखियोे । सन् २०१० मा बनेको ल्याटिन अमेरिका र क्यारेबियाली समुदाय यो एकताको उदाहरण हो ।
सन् १९९३ मा साओ पाउलोमा बसेको एक बैठकमा क्युबाली नेता क्यास्त्रोले आफ्ना वामपन्थी साथीहरुबीच भनेका थिए, ‘एकता विस्तार गर्ने सचेतताबाहेक हामीले के गर्न सक्छौं, ल्याटिन अमेरिकी वामपन्थीहरुले के गर्न गर्न सक्छौं ? वामपन्थीहरुको झण्डामा एकताको कुरा लेखिनुपर्दछ । त्यसमा समाजवादको कुरा भए पनि वा नभए पनि ।’
फिडेलको अथक क्रान्तिकारी गतिविधिबाहेक उनका मानवतावादी विचारले मानव जातिले सामना गरिरहेका प्रमुख चुनौतीहरु – जलवायु परिवर्तनदेखि आणविक हतियारले संसारमा निम्त्याउन सक्ने विनासको सम्भावनाबारे दिशानिर्देश गरिरहेको छ । वास्तविक विश्व इतिहासका पृष्ठहरुमा यो सानो क्यारेबियाली टापुको नामाङ्कन गरेका फिडेल क्यास्त्रोबारे चर्चा नगरी २०औं र २१औं शताब्दीको समीक्षा गर्न सम्भव छैन । संसारका मानिसहरु यो कुरामा विश्वास गर्छन् ।

प्रस्तुति : नीरज लवजू
–ग्रान्मा इन्टरनेशनल